११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

७२ जना डीएसपीको सरुवा, कसकाे सरुवा कहाँ ?

१५ भदाै, काठमाडाैँ । ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएकाे छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।

काठमाडौँ उपत्यकाको महानगरीय प्रहरी वृत्त जगातेमा राजेश थापा र महानगरीय प्रहरी वृत्त कालिमाटीमा अपिलराज बोहरालाई सरुवा गरिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखमा अनुपम श्रेष्ठ, सल्यानमा गोविन्द थापा, तेह्रथुममा गौतम थापा, कालिकोटमा चक्रबहादुर शाह, मुगुमा चित्रबहादुर भट्टाराई, पाँचथरमा दानबहादुर थापा, रोल्पामा नरेशराज सुवेदी,  बाजुरामा मदनजित महरा, डडेल्धुरामा महेन्द्र नेपाल र जुम्लामा माधवप्रसाद काफ्लेलाई सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सुनिल मल्ललाई पठाइएको छ । मल्ल यसअघि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत थिए ।

 

प्रकाशित मिति : August 31, 2020 at 2:11 pm