१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

लिबर्टी इनर्जीको आइपीओ बाँडफाँड, ३० कित्तासम्म माग गरेका सबैले पाए सेयर

१५ भदाै, काठमाडाैँ । लिबर्टी इनर्जीकाे आईपीओ बाँडफाँड भएको छ। आइपीओमा आवेदन गर्ने १ लाख ८८ हजार ३७३ आवेदकमध्ये योग्य आवेदकले १० कित्तादेखि ४० कित्ता सम्म शेयर हात पारेका छन्।

लिबर्टी इनर्जीकाे आइपीओ बाँडफाँडमा ९४ हजार ९०४ आवेदकले १० कित्ता शेयर पाएका छन् भने ४५ हजार ४८ आवेदकले २० कित्ता, ४८ हजार २२१ आवेदकले ३० कित्ता र गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता गरी ४० कित्ता शेयर पाएकाे एनआइबिएल एस क्यापिटलले जनाएकाे छ ।  लिवर्टीको आईपीओमा कुल १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो। जसमध्ये १२६ वटा आवेदन रद्द भएका छन्।

३० कित्तासम्म माग गरेका सबै आवेदकलाई माग गरे जति शेयर वितरण गरिएकाे छ। ३० कित्ताभन्दा माथिको संख्यामा शेयर माग गर्ने ३६ हजार ५५८ मध्ये गोलाप्रथाका आधारमा २५ हजार ६२० आवेदकलाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको हो।

सामुहिक लगानी कोषका लागि छुट्याइएको १ लाख १२ हजार ५०० कित्ता शेयरमा आवेदन नपरेको क्यापिटलले जनाएको छ। उता कर्मचारीका लागि छुट्याइएको ४५ हजार कित्ता शेयरमा पनि ६ हजार १०० कित्ता शेयरमा मात्र आवेदन परेको छ। सामुहिक लगानी कोष र कर्मचारीले आवेदन नगरेको शेयर पनि सर्वसाधारणलाई वितरण गरिएको हो।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १२:५९