१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बैंक अफ काठमाण्डूको संस्थापक शेयरको लिलामीको फारम बिक्री तथा बुझ्ने कार्य स्थगित

१५ भदाै, काठमाडाैँ । बैंक अफ काठमाण्डूको संस्थापक शेयरको लिलामीको फारम बिक्री तथा बुझ्ने कार्य स्थगित भएको छ । कोरोना भाइरसको तीब्र संक्रमणसँगै निषेधाज्ञा थपिदैँ गएकोले केही समयमा लागि फारम बिक्री तथा बुझ्ने कार्य स्थगित भएको बैंकले जनाएको छ ।

बैंक अफ काठमाण्डूले शिलबन्दी बोलपत्र मार्फत संस्थापक शेयर बिक्रीमा ल्याएको थियो । बैंकले गत भदौ १ गतेदेखि ८ गतेसम्म संस्थापक समूहको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुला गरेको थियो । निषेधाज्ञाका कारण सो म्याद थप गरी भदौ १५ गते पुर्याइएको थियो। बैंकको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १०:१५