२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

यात्रु ठग्ने एयरलाइन्स र व्यवसायीका कार्यालयमा ताला लगाऔँः पूर्व अध्यक्ष पाण्डे


१५ भदाै, काठमाडाैँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)का पूर्व अध्यक्ष एवं राष्ट्रिय पर्यटन व्यवसायी संगठनका उपाध्यक्ष सीएन पाण्डेले यात्रु ठग्ने एयरलाइन्स र व्यवसायीका कार्यालयमा ताला लगाउनुपर्ने बताएका छन । लामो समयदेखि पर्यटन व्यवसायमा रहेका नाट्टाका पूर्व अध्यक्ष पाण्डले सीमित कम्पनीको सिण्डिकेटबाट यात्रुहरू ठगिएको बताएका छन ।

सोमबार बिहानै सामाजिक सञ्जाल मार्फत एउटा अपिल गर्दे पूर्व अध्यक्ष पाण्डेले पर्यटन व्यवसायी र पेशागत संगठनका जिम्मेवार प्रतिनिधि र सदस्यहरूलाइ सिण्डिकेट गरेर यात्रुमाथि ठगी गर्नेहरूको बिरूद्धमा उभिन अनुरोध गरेका छन । उनले भनेका छन  ‘शुभ बिहानी सबै मित्रहरुलाई पर्यटन व्यवसायमा रहेका ‌केहि निस्चित कम्पनी र एयरलाइन्स को गलत सोच, बढी भाडा लिने निस्चित कम्पनीसँग मिलेर कार्टेलिड गर्ने जनता ठग्नेकाविरुद्ध एक भएर ती एयरलाइन्स र ब्यवसायीहरुका कार्यलयमा ताला लगाउनु को बिकल्प छैन । व्यवसायी मित्र पेशागत संगठनहरूका जिम्मेबार प्रतिनिधि र सदस्य मित्रहरू अब ऊठौ अति भयो ।’

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार ०९:४०