लायन्स क्लब ईन्टरनेशनलको रक्तदान घरदैलो अभियान, रगत संकलनका लागि टोलटोलमा टोली
१४ भदाै, काठमाडाैँ । लायन्स क्लब ईन्टरनेशनलद्वारा रक्तदान घरदैलो अभियान संचालन गरेकोछ । आज लायन्स क्लब अफ काठमाडौं ईन्द्रायणी खुसिबुको आयोजनामा घरदैलो रक्तदान शिविर सम्पन्न भएको छ। शिविर अन्तरगत आज पहिलो दिन ख्यो केब मरुहिटीमा सम्पन्न रक्तदान कार्यक्रममा एक्काईस जनाले रक्तदान गरेकाछन् ।

क्लबका अध्यक्ष सागर डङ्गोलका अनुसार शिविर सत्रदिन सम्म काठमाडौंको विभिन्न चोकहरुमा नियमित संचालन हुनेछ। पाँच जना रक्तदाताले जानकारी गराएमा दाताको सहजताको लागि भनेकै स्थानमा रगत संकलन गर्न आउने अध्यक्ष डंगोलले बताउनुभयो । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण अहिले रगतको चरम अभाव सृजना भएकोछ ।

रगतको चरम अभावका कारण अस्पतालहरुमा विरामीको उपचारमा समस्या उत्पन्न भएको समाचार आए पछि लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का गभर्नर मन बहादुर रोकाले आफ्ना सदस्यहरुलाई व्यापक रुपमा रक्तदान गर्न आह्वान गरेका थिए । गभर्नर रोकाको आह्वान पश्चात् देश भरिका लायन्सहरु यो असहज परिस्थितिमा पनि उत्साहका साथ रक्तदान गर्न अग्रसर भएकाछन् ।

लायन्स क्लबले यो वर्ष बिस हजार प्रिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको रक्तदान बिभाग बागमती क्षेत्रका प्रमुख शिवराम गौतमले बताए। गण्डकी धवलागिरी क्षेत्रका प्रमुख बालकृष्ण शर्माका अनुसार अहिलेको अवस्थामा रक्तदाताहरुको सहजताको निम्ति घरदैलो अभियान संचालन गरिएको र यसबाट उल्लेख रगत संकलन हुने बताउनु भयो। मानवीय सेवाका निम्ति लायन्स क्लब अब्बल मानिन्छ।

प्रकाशित मिति : August 30, 2020 at 11:07 pm



