पछिल्लो ३० दिनमा १८ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि, कुन उमेर समूहका कति ?
-प्रतिमा ढुंगाना
१५ भदाै, काठमाडाैँ । पछिल्लो ३० दिनमा १८ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ एमओएचपी डट जिओभी डट एनपीका अनुसार अगष्ट १ देखि ३० गतेसम्म ३० दिनको अबधिमा १८ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका रहेका छन । उक्त पोर्टलका अनुसार १० वर्ष मुनीका ६२४ जनामा पछिल्लो ३० दिनमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३५५ बालक र २६९ बालिका रहेका छन ।
त्यस्तै ११ वर्षदेखि २० वर्ष उमेरका समूहका १३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पुरूष ८६९ र महिला ४६२ जना रहेका छन । २१ देखि ३० वर्ष उमेर समूहका ५७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमा पुरूष ४०५९ र महिला १७१८ जना रहेका छन ।

यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका ४९६९ जनामा कोरोना संक्रमण भएको छ जसमध्ये पुरूष ३८०३ र महिला ११६६ रहेका छन । ४१ देखि ५० वर्ष उमेर समूहका २८८५ जनामा कोरोना संक्रमण पुष्टि भएका छ जसमध्ये पुरूष २११६ र महिला ७६९ जना रहेका छन ।
उक्त पोर्टलका अनुसार ५१ देखि ६० वर्ष उमेर समूहका १७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्ये पुरूष १२७३ र महिला ४८३ जना रहेका छन । ६१ देखि ७० वर्ष उमेर समूहका ७७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्ये पुरूष ५२५ र महिला २५४ जना रहेका छन ।
यस्तै ७१ देखिएका ८० वर्ष उमेर समूहका ३६९ जना ३० दिनमा संक्रमित भएका छन । उनीहरू मध्ये पुरूष २०२ र महिला १६७ जना रहेका छन । ८० देखि माथिका १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये पुरूष ६६ र महिला ४१ जना रहेका छन ।

प्रकाशित मिति : August 31, 2020 at 10:55 am



