५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

कालीकोट पहिरो अपडेटः मृतक १० जनाको शव भेटियाे

१४ भदौ,  कालीकाेट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ  आइतबार बिहान आएको सुक्खा पहिरोले उक्त ठाउँका ४  घर पुरेको थियो। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार कालिकोट र जुम्लाको सीमामा रहेको नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय परेक शाही, उनका ५ वर्षीय छोरा निराजन, २ महिनाको छोरा अक्कल, ७ वर्षीया छोरी हिमा छिन्।

यस्तै मृत्यु हुने अरूमा सोही ठाउँका ३५ वर्षीय मानवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाई, उनकी २५ वर्षीय श्रीमती छोइनु,६ वर्षीय छोरा गजेन्द्र, सुर्खेत भेरीगंगाका ४५ वर्षीय आइती खड्का, वीरेन्द्ननगर नगरपालिका इत्राम सुर्खेतका २३ वर्षीय अमृत थापा रहेका छन्। पहिरोबाट पुन्या शाही र स्थानीय अर्जुन हमाललाई जीवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ।

प्रकाशित मिति : August 30, 2020 at 9:23 pm