११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बालिकालाई पैसाकाे प्रलाेभनमा पारी अनैतिक क्रियाकलाप गर्ने नुवाकोटका सुरेशविरुद्ध मुद्दा दर्ता

१४ भदौ, विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले जबर्जस्ती करणी उद्योगमा आज एक व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ । विदुर नगरपालिका–९ कोलनी बस्ने ४८ वर्षीय सुरेश श्रेष्ठलाई शनिबार साँझ सोही स्थानमा निर्माणाधीन टिनको कटेजमा एक बालिकालाई कोही नभएको मौका पारी पैसा दिन्छु भनी अनैतिक क्रियाकलाप गरेको अभियोग लगाइएको छ ।

पीडितका आफन्तकी छोरीले सो घटना देखेपछि प्रतिवादी श्रेष्ठ भागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित बालिकाले आफ्नो परिवारलाई घटनाबारे जानकारी दिएपछि प्रहरीले तत्कालै श्रेष्ठलाई पक्राउ गरी आज उनीविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ । अभियुक्त श्रेष्ठलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : August 30, 2020 at 5:46 pm