११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कालिकोट पहिरो अपडेट : मृतक संख्या ४ पुग्यो, ८ जना अझै बेपत्ता

१४ भदौ,कालीकाेट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्ममा आइतबार बिहान आएको पहिरोले घर पुर्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ । पहिरोमा आठ जनाभन्दा बढी अझै हराइरहेका छन्। पहिरोले पुरेर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुभकालिका गाउँपालिका घर भएका ४० वर्षीया प्रयास शाही, उनको ५ वर्षीय छोरा निराजन शाही शाही, ७ वर्षीया छोरी हिमा शाही र दुई महिनाको अर्को छोरा अकल शाहीको रहेका छन् । पहिरोले ५ घर पुरेको र घटनास्थलबाट २ जनालाई जिवितै उद्धार गरिएको छ ।

घटनास्थलबाट जिवितै उद्धार गरिएकाेमा  तिलागुफा नगरपालिका–३ बस्ने १३ वर्षका अर्जुन हमाल र जुम्ला हिमा गाउँपालिका घर भएकी ३५ वर्षीया पुन्या शाहीरहेका छन्। उनीहरुलाई उपचारका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ । शाहीको अवस्था गम्भिर छ ।

 

प्रकाशित मिति : August 30, 2020 at 5:31 pm