२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

सीतारा ट्राभल्सको सक्रियतामा अष्ट्रेलियामा अलपत्र परेका १४८ नेपालीको उद्धार


१३ भादाै, काठमाडाैँ । सीतारा ट्राभल्स प्रालिको सक्रियतामा कोरोना महामारी (कोभिड १९)का कारण अष्ट्रेलियामा अलपत्र परेका १४८ जना नेपालीको उद्दार भएको छ । उनीहरूलाई उद्धार उडान मार्फत शनिबार काठमाडौं ल्याइएको छ । सिताराका सञ्चालक आशिश पाण्डेका अनुसार अष्ट्रेलियाको सिड्नी, पर्थ, ब्रिश्बेन लगायतका मुख्य शहरमा रहेका, कोरोनाका कारण समस्यामा परेका विद्यार्थी, भेटघाटमा गएका आफन्त, फ्लाइट नभएर बिचल्लीमा परेका १४८ जना नेपालीहरू उद्धार उडानमार्फत शनिबार काठमाडाैँ ल्याइएको छ ।

नेपाल फर्किएका सबैको कोरोना परीक्षणको नतिजा नगेटिभ रहेको सीतारा ट्राभल्सका प्रबन्ध निर्देशक बन्दना पन्त पाण्डेले जानकारी दिनुभयो । अलपत्र रहेका उनीहरूलाई अष्ट्रेलियाबाट अगस्त २८ गते सिंगापुर एयरलाइन्समार्फत सिंगापुर ल्याएर त्यहाँबाट सिल्क एयरलाइन्सले शनिवार दिउसो काठमाडौं अबतरण गराएको छ ।

कोरोनाका कारण नेपाल फर्किन नसकेको र नियमित फ्लाइट समेत नभएको अवस्थामा सीतारा ट्राभल्सले यस्तो प्रतिकुल परिस्थितिमा समेत आफूहरूलाई जन्मभूमि नेपाल फर्कन पहल गरेको भन्दै प्रनीत तिवारीले सीतारा ट्राभल्सलाई धन्यवाद दिनुभयो । उहाँले अस्ट्रेलियाबाट नेपालका लागि धेरै चार्टर्ड फ्लाईट उडे तर पर्थबाट उडानको लागी कुनै संघ सस्थाले चासो नदेखाएको अवस्थामा सिताराले सरकारसँग समन्वय गरेर महत्वपूर्ण काम गरेको बताउनुभयो ।

नेपालमा जस्तै अन्य देशहरूमा समेत नियमित उडान रोकिएको कारण सिंगापुरको सिल्क एयरका नेपाल प्रमुख छिंगी चेन र पर्यटन मन्त्रालयको सहयोगमा उनीहरूलाई नेपाल ल्याउन सफल भएको सीतारा ट्राभल्सका पाण्डेले बताउनुभयो । उहाँले व्यापारिक उद्देश्य आफ्नो ठाउँमा भए पनि मानवीयताको दृष्णिकोणले महत्वपूर्ण काम गर्न सफल भएको बताउनुभयो ।

हाल अष्ट्रेलियामा झन्डै ६० हजारको संख्यामा नेपालीहरू रहेका छन् । तीमध्ये अधिकांश विद्यार्थी भिसामा गएकाले उनीहरू कोरोना महामारीले रोजगार गुमाएका कारण आर्थिक चपेटामा पर्दै आएका छन् । सीतारा नेपालमा लगभग तीन दशकदेखि सेवा दिँदै आएको पुरानो र ट्राभल्स कम्पनी हो ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार २२:४४