११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

काेराेना संक्रमणबाट काठमाडौँ र भक्तपुरमा २ जनाकाे मृत्यु

१३ भदाै, काठमाडाैँ । पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काेराेना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौँकी ५१ वर्षीया  महिला र भक्तपुरकी ६२ वर्षीया महिला रहेका छन् । काेराेना संक्रमित दुबैजना महिलाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हाे। संक्रमित काठमाडौँकी महिलाको शुक्रबार राति साढे ९ बजे मृत्यु भएकाे छ भने, भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो।

फाइल फाेटाे

 साउन ३० गते अस्पताल भर्ना भएकी थिइन् काठमाडौँकी काेराेना संक्रमित महिला । उनमा उच्च रक्तचापको समस्या रहेको थियाे। यस्तै भदौ ८ गते भर्ना भएकी भक्तपुरकी महिलामा भने अरु कुनै समस्या रहेको थिएन।

प्रकाशित मिति : August 29, 2020 at 11:27 am