५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ओखरपौवाका स्थानीयवासीबाट फोहर बिसर्जनमा भएकाे अवरोध खुल्यो

१८ जेठ,नुवाकोट । ककनी गाउँपालिका–१ र २ ओखरपौवाका स्थानीयवासीले काठमाडौँ उपत्यकाको फोहर बिसर्जनमा पु¥याएको अवरोध सञ्चालन भएको छ ।

काठमाडौँको तीनपिप्लेदेखि फोहर बिसर्जन हुँदै आएको स्थान ओखरपौवाको सिसडोलसम्म भइरहेको सडक कालोपत्रको काम गुणस्तरहीन भएको भन्दै फोहर बोकेर आएका गाडी स्थानीयवासीले काम गुणस्तर बनाउनुपर्ने माग गर्दै आज बिहानदेखि गरेको अवरुद्ध अपराह्नदेखि सञ्चालनमा आएको हो ।

काठमाडाँै महानगरपालिका मार्फत ठेक्का लगाएर तीनपिप्लेदेखि सिसडोलसम्मको करीब नौ किलोमिटर सडकमा भइरहेको कालोपत्र गुणस्तरहीन बनाएकाले सुधार गर्ने प्रतिबद्धता ठेकेदारमार्फत आएपछि सञ्चालन हुन दिएको स्थानीयवासी लालबहादुर बलामीले बताए ।

कुनै स्थानमा दुई लेनको कालोपत्र भए पनि सबै स्थानमा नभएको भन्दै रोकिएको फोहर ठेकेदार कम्पनीले सबै स्थानमा राम्रो काम गर्न लिखित प्रतिबद्धता जनाएको छ ।

यातायात सञ्चालनमा आएसँगै काठमाडौँबाट फोहर बोकेर आएका २०० भन्दाबढी गाडीले फोहर विर्सजन गरी फर्किएको प्रहरी चौकी ओखरपौवाले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार २३:०१