११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु

१२ भदाै, काठमाडौँ । कोरोना संक्रमणका कारण देशभर थप १२ जनाको मृत्यु भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा १२ जनाको मृत्यु भएको बताए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको  संख्या १९५ पुगेको छ ।

फाइल फाेटाे

मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार मृतक महिलामा मोरङका २ तथा भक्तपुर र मकवानपुरका १–१ जना रहेका छन् । यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १–१ जना रहेका छन् ।

प्रकाशित मिति : August 28, 2020 at 4:42 pm