११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

शुक्रबार थपिए ९२७ काेराेना संक्रमित, संक्रमितकाे संख्या ३६ हजार ४५६ पुग्याे

१२ भदाै, काठमाडाैँ । बितेको २८ घण्टामा ९२७ काेराेना संक्रमित भेटिएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । याेसंगै नेपालमा काेराेना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।


पछिल्लो २४ घण्टामा कोरोना निको भएर १६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार २४२ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ५७३ र होम आइसोलेसनमा ६ हजार ४४६ जना रहेका छन् । बितेको २४ घण्टामा १० हजार २२९ पीसीआर भएको छ ।

प्रकाशित मिति : August 28, 2020 at 4:26 pm