१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ५ लाख ६७ हजारले शेयर

१२ भदाै, काठमाडाैँ । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएकाे बिक्री प्रबन्धक कार्यालय सानिमा क्यापिटलले जनाएकाे छ ।

कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाबाट आबेदन परेका छन्। त्यस मध्ये एक हजार ९५५ वटा आवेदनहरु रद्द भएका छन् भने ५ लाख ८७ हजार ५०९ वटा योग्य आवेदन परेका छन् ।

इन्स्योरेन्सले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । जसमध्ये सामुहिक लगानी कोषका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता शेयर छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

आबेदकलाई न्युनतम १० कित्ताका दरले बितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको शेयर पाएका हुन् । बाँकी २० हजार ५०९ जनाको भने खालि हात भएकाे छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार १५:०४