१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

१२ भदाै, काठमाडाैँ । शुक्रबार सुनकाे मुल्य घटेकाे छ । सुनको मुल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार छापावाला सुन प्रतितोला ९६ हजार ९०० र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ तोकिएको छ ।

यसैगरी चाँदीको मुल्य पनि शुक्रबार घटेको छ । यस दिन चाँदी तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिकात्मक तस्बिर ।

अन्तराष्ट्रिय बजारमा पनि आज सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। उक्त बजारमा सुन प्रति अउन्स एक हजार ९४२ डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार १३:२२