२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

जापानका प्रधानमन्त्री आबेले पदबाट राजीनामा दिने


१२ भदाै, काठमाडाैँ । जापानका प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिने भएका छन् । स्वास्थ्यका कारण उनले पदबाट राजीनामा दिने तयारी गरेकाे स्थानीय सञ्चारलाई उदृत गर्दै बीबीसीले जनाएको छ । प्रधानमन्त्री आबे केही समययता अस्वस्थ छन् ।

केही दिनअघि मात्रै जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने उनि पहिलो व्यक्ति हुनु भएको थिए । आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदैछ ।

कोरोना महामारी नियन्त्रण तथा रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेको निकै आलोचना भइरहेको थियो । साथै पार्टीका सदस्यहरु विभिन्न काण्डमा मुछिएपछि पनि उनी समस्यामा परेका थिए ।

कोरोना महामारीका कारण जापानको अर्थतन्त्र इतिहासमै सबैभन्दा कमजोर भएको छ । केही दिनअघि प्रधानमन्त्री आबेले अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार १३:०२