५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बलात्कारीलाई साढेदुई वर्ष कैद सजायको फैसला

१८ जेठ,इलाम । एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका माईजोगमाई गाउँपालिका–२ का ३६ वर्षीय दीपक भट्टराईलाई जिल्ला अदालत इलामले अढाई वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको ५ नं बमोजिम भट्टराईलाई कैद सजाय सुनाएको अदालतले जानकारी दिएको छ । घाँस काट्न गएको मौका छोपी भट्टराईले गत फागुन १ गते ती महिलालाई बलात्कारको प्रयास गरेको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार २०:४७