११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सहसचिवद्धय नवराज ढकाल र उदय रानामगर परराष्ट्र मन्त्रालय अन्तर्गत सरूवा

११ भदाै, काठमाडाैँ । नेपाल सरकारका सहसचिवद्धय नवराज ढकाल र उदय रानामगर परराष्ट्र मन्त्रालय अन्तर्गत सरूवा भएका छन । नेपाल सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले भाद्र ९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सहसचिवद्धय ढकाल र रानामगर परराष्ट्र मन्त्रालय अन्तर्गत रहने गरी सरूवा गरेको जानकारी दिएका हुन ।

नुवाकोट जिल्ला स्थायी घर सहसचिवद्धय ढकाल र रानामगर ल्हासा र हङकङको रिक्त महाबाणिज्यदूतका लागि नियक्त हुँदैछन । उनीहरूको नियुक्तिका लागि परराष्ट्र मन्त्रालय अन्तर्गत सरूवा गरिएको हो । राना झापाको प्रमुख जिल्ला अधिकारी रहेका छन भने ढकाल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले हङकङका लागि राना र ल्हासाका लागि ढकालको नाम सिफारिस गरिसकेको छ । सम्भवत मन्त्रिपरिषद्को अर्को बैठकले ढकाल र रानालाइ ल्हासा र हङकङको महाबाणिज्यदूतमा चार वर्षका लागि नियुक्त गर्नेछ । हङकङ र ल्हासाको महाबाणिज्यदूत पद ५ महिनादेखि रिक्त थियो । महाबाणिज्यदूतमा सिफारिस भएका राना र ढकाल दुबै नेपाल सरकारका इमान्दार कर्मचारी हुन । ढकाल नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ र राना वडा नम्बर १२ का स्थायी बासिन्दा हुन ।

प्रकाशित मिति : August 27, 2020 at 5:17 pm