कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु
११ भदाै, काठमाडौँ । कोरोना संक्रमणका कारण देशभर थप ८ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको बताए ।

जसमा ललितपुरका १ जना, बाराका १ जना, कास्कीका १ जना, रुपन्देहीका १ जना र बाँकेका १ जना तथा काठमाडौँका १ जना, पर्साका १ जना र कपिलवस्तुका १ रहेका छन् । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेकाे छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ काेराेना संक्रमित थपिएका छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको छ ।
प्रकाशित मिति : August 27, 2020 at 4:53 pm



