बिहिबार थपिए अहिसम्मकै धेरै काेराेना संक्रमित, संक्रमितकाे संख्या ३५ हजार ५२९ पुग्याे
११ भदाै, काठमाडाैँ । बितेको २८ घण्टामा अहिसम्मकै धेरै काेराेना संक्रमित भेटिएका छन् । बिहिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनले ३३४ महिला र ७७७ पुरुष गरी थप १ हजार १११ काेराेना संक्रमित थपिएकाे पुष्टि गरे । याेसंगै नेपालमा काेराेना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ ।
प्रकाशित मिति : August 27, 2020 at 4:26 pm



