काठमाडाैँ उपत्यकामा थपिए ३७७ जना कोरोना संक्रमित
११ भदौ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार विभिन्न प्रयोगशामा गरिएकाे परीक्षणमा काठमाडौँका २७० जना, ललितपुरका ६६ जना र भक्तपुरका ४१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
बितेको २८ घण्टामा अहिसम्मकै धेरै काेराेना संक्रमित भेटिएका छन् । बिहिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनले ३३४ महिला र ७७७ पुरुष गरी थप १ हजार १११ काेराेना संक्रमित थपिएकाे पुष्टि गरे ।

याेसंगै नेपालमा काेराेना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ ।
प्रकाशित मिति : August 27, 2020 at 4:21 pm



