११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कोरोना संक्रमणबाट बुटवलमा एक महिलाको मृत्यु

११ भदौ, कपिलवस्तु । रुपन्देहीमा कोरोना संक्रमणबाट ७० वर्षीय महिलाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा आइसीयुमा उपचारत तिलोत्तमा नगरपालिकाको वडा नम्बर–२ शंकरनगर निवासी ७० वर्षीय महिलाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार ति महिलामा श्रावण २६ गते कोरोना पुष्टि भएपछि श्रावण ३१ गते अस्पतालमा भर्ना गरिएकाे थियाे। उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो भने उनी प्रेसर र थाइराइडकाे  दिर्घ रोगी समेत रहेको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति : August 27, 2020 at 12:05 pm