११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २२ जना प्रहरीमा काेराेना संक्रमण पुष्टि

१० भदौ, काठमाडौँ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । वृत्तमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

 काठमाडौंँकाे मनमैजु हत्या प्रकरणका आरोपितलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको थियो । त्यसमा २२ जना प्रहरी अधिकारीमा  काेराेना पुष्टि भएकाे हाे । मनमैजु हत्या प्रकरण घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका अधिकारीहरुको पनि स्वाब संकलन गरिएकाे थियाे तर उनिहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : August 27, 2020 at 11:10 am