नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १७५ पुग्याे
१० भदाै, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिला र ९ पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङका २ जना र भक्तपुरका २ जना रहेका छन् । कैलालीका २ जना, महोत्तरीका ३ जना, बाँकेका १ जना, काठमाडौँका १ जना र बाराका २ जना रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ । बितेको २८ घण्टामा देशभर ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार थप ८८५ काेराेना संक्रमित थपिएका छन् । याेसंगै काेराेना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।
उनका अनुसार बितेको २४ घण्टामा ३८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म काेराेना निको हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।यस्तै हाल देशभर १४ हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् भने त्यसमाहोम आइसोलेशनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १३ हजार २९३ जनाको पीसीआर परीक्षण भएको छ ।
प्रकाशित मिति : August 26, 2020 at 4:44 pm



