काठमाडाैँ उपत्यकामा एक साताका लागि थपियो निषेधाज्ञा, हिडँडुलमा अझै कडाइ गरिने
१० भदाै, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा एक साताका लागि निषेधाज्ञा थपिएको छ । काठमाडाैँ उपत्यका अन्तर्गतका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा अधिकारीको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । उपत्यकाका काठमाडाैँ, ललितपुर र भक्तपुरमा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा अब १७ गतेसम्म जारी रहनेछ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र ललितपुरकी प्रमुख जिल्ला अधिकारी नारायण भट्टसहित सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरू सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो ।

उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले निषेधाज्ञा थप गरिएको सुरक्षा अधिकारीले बताएका छन । उनीहरूले निषेधाज्ञाको समयमा हुने हिडडुलमा थप कडाइ गर्ने पनि निर्णय गरेका छन । त्यसपछि सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : August 26, 2020 at 11:22 am



