१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

बुधबार राजधानीका यी स्थानमा काटिँदैछ विद्युत्

९ भदौ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा बुधबार विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणको कुलेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा रुखका हाँगा कटान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणका अनुसार बुधबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुने भएको छ ।

प्राधिकरणका अनुसार सोल्टी दोबाटो, सिभिल होम्स, टौखेल, सितापाइला, इच)गुनारायण, पद्यमा कोलेनी, भीमढुङ्गा, नर्सरी भन्ज्याङ, छत्रे देउरालीलगायत स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले ती स्थानमा विद्युत् काटिँदा उपभोक्तालाई परेको असुविधाप्रति क्षमा मागेको सूचना अधिकारी लिलाकुमारी अर्यालले जानकारी दिनुभयो । प्राधिकरणले समय अगावै काम सकिए लाइन पुनः सञ्चालनमा आउने जनाएको छ ।

प्रकाशित मिति : August 25, 2020 at 5:41 pm