१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

२४ घन्टामा काेराेना जितेर ३१३ जना घर फर्किए

९ भदाै, काठमाडाैँ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ ३१३ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार  हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ ।

आज देशभर आइसोलेसनमा रहने संक्रमितहरुको संख्या १४ हजार २५० रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ६६९ र संस्थागत आइसोलेसनमा ८ हजार ५८१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ३२७ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताउनुभयो । हालसम्म कुल ६ लाख २१ हजार ९०१ पीसीआर परीक्षण भएको छ । हाल देशभरका क्वारेन्टाइनमा १० हजार ४५३ जना व्यक्ति रहेका छन् ।

प्रकाशित मिति : August 25, 2020 at 4:58 pm