१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

कोरोना संक्रमणबाट काठमाडाैँका ३ सहित थप ७ जनाको मृत्यु

७ भदाै, काठमाडाैँ । बितेको २८ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  जानकारी दिए ।

फाइल फाेटाे

काेराेनाबाट मृत्यु हुनेमा  काठमाडौँका ३ जना सिरहाका १ जना, पर्साका १ जना, धनुषाका १ जना र रुपन्देहीका १ जना गरी ७ जना रहेका छन् । योसँगै देशभर काेराेनाबाट मृत्यु हुनेकाे  संख्या १६४ पुगेको छ । बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार थप ८५५ काेराेना संक्रमित थपिएका छन् ।

याेसंगै काेराेना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म काेराेना निको हुनेको  संख्या १९ हजार ११९ पुगेको छ । यसैगरी आइसोलेशनमा १४ हजार २५० जना रहेका छन् । जसमा होमआइसोलेशनमा ५५७९ र संस्थागत आइसोलेशनमा ८ हजार ५८१ जना रहेका छन् ।

प्रकाशित मिति : August 25, 2020 at 4:49 pm