१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

निजी प्रयोगशालाले घरमा गएर स्वाब लिन नपाउने

८ भदौ, काठमाडौँ । कोरोना परीक्षण अनुमति पाएका निजी प्रयोगशालाहरूले घर घरमा गर स्वाब संकलन गर्न नपाउने भएका छन्। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पिसिआर परीक्षणको अनुमति पाएका प्रयोगशालाहरूले घर घरमा गएर स्वाब संकलन गर्न नपाउने जनाएको छ। प्रयोगशालाले सूचना जारी गर्दै कोरोना संक्रमण छ छैन भन्‍ने पत्ता लगाउन चाहने सबैले अनिवार्य तोकिएको स्वास्थ्य संस्थामै स्वाब दिनुपर्ने जनाएको हो। घरमा गएर स्वाब संकलन नगर्न र नगराउन निजी प्रयोगशालाहरूलाई जानकारी दिएकाे छ।

सांकेतिक तस्विर

स्वास्थ्य संस्थामा पिसिआर परीक्षणका लागि सरकारले तोकेको ५५०० रुपैयाँ भन्दा बढी रकम लिएको सूचना आएको भन्दै प्रयोगशालाले बढी रकम नतिर्न सर्वसाधारणलाई अपिल गरेको छ।  यदि कसैले तोकेको भन्दा बढी रकम लिएको पाइएमा जनस्वास्थ्य प्रयोगशालामा जानकारी गराउन पनि आग्रह गरिएको छ।

प्रकाशित मिति : August 24, 2020 at 4:59 pm