१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२ हजार ६७८ पुग्यो

८ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार १३ हजार ७२५ जना कोरोनाका सक्रिय बिरामी छन्। संस्थागत आइसोलेसनमा ९ हजार १५४ जनाको उपचार भइरहेको छ भने क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा ४ हजार ५ सय ६१ जना छन्।

२४ घण्टामा १७५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ। नेपालमा कोरोनाबाट १५७ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : August 24, 2020 at 4:31 pm