१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

नेपाल मेडिसिटी अस्पतालमा पनि पिसिआर परिक्षण सेवा सुरू

८ भदाै, ललितपुर । कारोना संक्रमणको जोखिम बढ्दै गर्दा रियल टाइम पिसिआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको विषयलाई महशुश गर्दै ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा पिसिआर परिक्षण सेवा सुरू भएको छ । विश्वमा उत्कृष्ट पिसिआर, जीन एक्सट्राक्टर लगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट नेपाल मेडिसिटीले दैनिक करिब ८ सय भन्दा बढिको स्याम्पल लिई रिपोर्ट दिन सक्ने क्षमता रहेको नेपाल मेडिसिटी अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा. गोपी अर्यालल बताउनुभयो ।

विगत केहि महिना देखिको प्रयास पश्चात सफल रुपमा जडित पिसिआर परिक्षण मेसिन र परिक्षण प्रक्रियालाई नेपाल सरकारद्वारा मान्यता प्रदान गरिएको छ । पिसिआर परिक्षणका लागि आउनुपूर्व अस्पतालमा नाम दर्ता गर्न अनुरोध गरिएको छ जसका लागि ०१–४२१७७६६ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएकाे छ ।

स्वाब संकलन गरिएको २४ घण्टाभित्र नतिजा प्राप्त हुने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा.अर्यालले बताउनुभएको छ । उहाँले ओपिडी मार्फत आउने र भर्ना भएका बिरामीका लागि पिसिआर परिक्षण गर्ने संयन्त्र फरक रहेको पनि उल्लेख गर्नुभएको छ । साथै, विदेशी नियोग, वैदेशीक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटहरुलाई नेपाल मेडिसिटीले सहुलियत शुल्कमा पिसिआर परिक्षण गरिरहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउनुभयो ।

प्रकाशित मिति : August 24, 2020 at 1:29 pm