२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

बायर्न म्युनिखले जित्यो युरोपियन च्याम्पियन्स लिगको उपाधि

८ भदाै, काठमाडाैँ । युरोपियन च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिखलेले जितेको छ । बायर्न म्युनिखले योसँगै यरोपियन च्याम्पियन्स लिगको उपाधि छैटाैँ पटक उचालेको छ । आइतबार राति भएको फाइनल प्रतिस्पर्धामा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले च्याम्पियन्स लिगको उपाधि हात पारेको हो ।

बायर्नको जितमा कोमनको एक मात्र गोल निर्णायक बन्यो । उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । यसका साथै बायर्नले धेरै पटक यो प्रतियोगिताको उपाधि जित्ने सूचीमा लिभरपुलसँग बराबरी गरेको छ ।

युरोपियन च्याम्पियन हुने योजनाका साथ नौ वर्षमा एक दशलमव दुई बिलियन यूरो खर्च गरेको पीएसजीले च्याम्पियन्स लिगको उपाधि उचाल्न अझै कुर्नुपर्ने भएको छ । च्याम्पियन्स लिगमा पाँच सय गोल गर्ने बायर्न तेस्रो टिम बनेको छ । बायर्नभन्दा अगाडि बार्सिलोना र रियल रहेको छ । बार्सिलोनाले ५१७ गोल र रियलले ५६७ गोल गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार ०८:०३