१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

७ भदौ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढीस्थित आफ्नै निवासमा ‘सेल्फ क्वारेन्टिन’मा बस्नुभएको छ ।मुख्यमन्त्री निवासका चालकमा आज कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो । ‘‘सेल्फ क्वारेन्टिनमा बस्नु परेपछि उहाँले भेटघाट बन्द गर्नु भएको छ”, मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले भन्नुभयो, “हामी सबै सेल्फ क्वारेन्टिनमा छौं ।”

केही दिन अघि मुख्यमन्त्री भट्ट परिवारका सदस्यसहित गृह जिल्ला डोटी पुग्नुभएको थियो । त्यहाँ उहाँले कोरोना परीक्षण गर्ने पिसिआर मेसिनको उद्घाटन गर्नुभएको थियो । डोटी भ्रमणकै क्रममा उहाँका चालकमा सङ्क्रमण भएको आशङ्का गरिएको छ । चालकमा कोरोना सङ्क्रमण देखिएपछि चालकको सम्पर्कमा आएका मुख्यमन्त्रीसहित सबैको नमूना लिने तयारी गरिएको छ ।

प्रकाशित मिति : August 23, 2020 at 7:48 pm