१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न मन्त्रालयको निर्देशन

७ भदौ,  काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना विरुद्ध फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारमा संलग्‍नमाथि कडा कारवाही गर्न निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले आइतबार  नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने जोसुकैलाइ  पनि कारवाही गर्न मन्त्रालयले निर्देशन दिइएको बताए। यस्तो संकटको बेला उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि  दुर्व्यवहार र अपमानजनक घटनाको मन्त्रालय कडा निन्दा गर्दछ।

निजामती कर्मचारी अस्पतालका डाक्टरमाथि दुर्व्यवहार गर्ने मिलन चोकका स्थानीयमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकिएको डा.  गौतमले बताए। यस्तो गलत कुरालाई कसैले पनि प्रोत्साहन नगर्नु हुन समेत डा.  गौतमले सबैलाइ आग्रह गरेका छन्।

प्रकाशित मिति : August 23, 2020 at 5:49 pm