काठमाडौँ उपत्यकामा कोरोनाबाट थप २ जनाको मृत्यु
७ भदाै, काठमाडौँ । कोरोना संक्रमणका कारण काठमाडौँ उपत्यकामा थप २ जनाको मृत्यु भएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा १ जना र ह्याम्स अस्पताल मण्डिखाटारमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो । नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् ।

उनमा मिर्गौलाको समस्या भएपछि आइतबार मात्रै उपचारको लागि मानव अगं प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो । यस्तै ह्याम्स अस्पतालमा ५८ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ । पत्थरीको बिरामी उनलाइ साउन ३२ मा अस्पतालमा भर्ना गरिएको थियो ।यस्तै रुपन्देहीमा बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १५३ पुगेको छ ।
प्रकाशित मिति : August 23, 2020 at 5:16 pm



