१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

काठमाडाैँ उपत्यकामा थपिए १६६ जना कोरोना संक्रमित

७ भदौ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार विभिन्न प्रयोगशा गरिएकाे परीक्षणमा काठमाडौँमा १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

आइतबार नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका ८१८ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार९३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । आज थप ३ जनाको कोरोनाका मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

प्रकाशित मिति : August 23, 2020 at 4:29 pm