१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

नुवाकोटका ढकाल र राना ल्हासा र हङकङको महाबाणिज्यदूतका लागि सिफारिस

७ भदाै, काठमाडाैँ । नुवाकोट जिल्ला स्थायी घर भएका नेपाल सरकारका दुई सहसचिव नवराज ढकाल र उदय रानामगर ल्हासा र हङकङको रिक्त महाबाणिज्यदूतका लागि सिफारिस भएका छन । राना झापाको प्रमुख जिल्ला अधिकारी रहेका छन भने ढकाल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले हङकङका लागि राना र ल्हासाका लागि ढकालको नाम सिफारिस गरेको हो । सम्भवत सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले ढकाल र रानालाइ हङकङ र ल्हासाको महाबाणिज्यदूतमा चार वर्षका लागि नियुक्त गर्नेछ । हङकङ र ल्हासाको महाबाणिज्यदूत पद ५ महिनादेखि रिक्त थियो ।

महाबाणिज्यदूतका लागि नुवाकोट स्थायी घर भएकै सहसचिव रूद्रसिंह तामाङले पनि इच्छा गरेका थिए यद्यपी उनलाइ केही समय अघि सरकारले पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । महाबाणिज्यदूतमा सिफारिस भएका राना र ढकाल दुबै नेपाल सरकारका इमान्दार कर्मचारी हुन । ढकाल नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ र राना वडा नम्बर १२ का स्थायी बासिन्दा हुन ।

प्रकाशित मिति : August 23, 2020 at 4:25 pm