काठमाडाैँ उपत्यकाका यी ठाउँमा आज विद्युत कटौती
७ भदौ, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नयाँ फिडर लाइन तान्ने कार्य गर्ने भएकाले काठमाडाैँ उपत्यकाका यी स्थानमा विहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म विद्युत कटौती भएको छ।

आज विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म बागडोल एरिया आसपास, सनराइज टावर, सानेपा रिङरोड बाहिर, खाद्य गोदाम आसपास, चाइनिज क्याम्प एरिया लगायत ठाउँमा विद्युत काटिने छ। निर्धारित समयअघिनै काम सम्पन्न भएमा सो समयभन्दा अघिनै यी क्षेत्रमा विद्युत प्रवाह हुने छ ।
प्रकाशित मिति : August 23, 2020 at 11:23 am



