५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कोरोना संक्रमणका कारण हरेक १५ सेकेण्डमा १ जनाको मृत्यु


७ भदौ, काठमाडौँ । कोरोना संक्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९सय जनाको मृत्यु भइरहेको पाइएको छ । शुक्रबारसम्म लिइएको पछिल्लो दुई हप्ताको आँकडाको आधारमा यो नतिजा निकालिएको हो । यो हिसाबले हेर्ने हो भने एक घण्टामा २ सय ४६ र हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ ।

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा १ लाख ७५ जनाको मृत्यु भएको छ । त्यसपछि ब्राजिल, मेक्सिको, भारत र ब्रिटेनमा मृत्यु भएको छ । डब्ल्यूएचओले अर्को वर्षको सुरुवातमा मात्रै भ्याक्सिन उपलब्ध हुने सम्भावना व्यक्त गरिरहँदा यो आँकडाले धेरैलाई त्रसित बनाउने निश्चित छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार ११:०६