आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइदै
७ भदाै, काठमाडाैँ । आज हिन्दु महिलाले सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँदै छन् । भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।

आज नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलाे आदि खाएर एक छाक बस्नुपर्ने व्रतविधि छ । ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । कोरोनाको कारण खोला, नदी किनारमा भेला हुन रोक लागेका कारण धेरैजसो महिलाले आज घरमै स्नान गरेका छन ।
प्रकाशित मिति : August 23, 2020 at 8:06 am



