काठमाडाैँ उपत्यकाका २१६ सहित ६३४ जनामा कोरोना संक्रमण पुष्टि
६ भदौ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकाका २१६ सहित ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार देशभरका प्रयोगशा गरिएकाे परीक्षणमा काठमाडौँ का १६० जना, ललितपुरका ६ र भक्तपुरका ५० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

प्रवक्ता गाैतमका अनुसार सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । यस्तै निको हुनेको कुल संख्या १८ हजार ३५० पुगेको छ । सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । योसँगै मृतकको संख्या १४६ पुगेको हो ।
प्रकाशित मिति : August 22, 2020 at 4:31 pm



