१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

बुटवलकी कोरोना संक्रमित गर्भवती कोहलपुरमा शल्यक्रियाबाट सुत्केरी

६ भदाै, बुटवल । बुटबल उपमहानगरपालिका–११, नहरपुरकी २८ वर्षीया एक गर्भवतीलाई शल्यक्रियाबाट सुत्केरी गराइएको छ । उनले बाँकेको कोहलपुर मेडिकल कलेजमा शिशु जन्माएकी हुन् । स्त्री रोग विशेषज्ञ सहितको टोलीले शनिबार बिहान शल्यक्रिया गरेको हो ।

ती महिलालाई संक्रमित सुत्केरी बेथा लागेपछि नेपालगञ्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो । उनले शनिबार बिहान साढे ९ बजे शल्यक्रियाबाट छोरी जन्माइएको हो ।

शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्य अवस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अहिले आमा र बच्चाको स्वास्थ्य ठिक छ । भोलि कोरोना परीक्षण गर्छौं त्यसपछि मात्रै बच्चामा संक्रमण भए नभएको थाहा हुन्छ ।’

आइतबार प्रादेशिक अस्पताल बुटवल पुगेकी ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । चिकित्सकले काठमाडौँ वा नेपालगञ्ज जान सुझाएका थिए ।

प्रकाशित मिति : August 22, 2020 at 4:11 pm