१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

धरानमा उपचारका क्रममा १ काेराेना संक्रमितकाे मृत्यु

६ भदाै, काठमाडौँ ।  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार धरान–१५ का ६७ वर्षीय पुरुषको शनिबार  मृत्यु भएको हो ।

फाइल फाेटाे

उच्च रक्तचापको समस्या भएका ती पुरुषमा गत साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने धरानकै एन्फा क्वारेन्टिनबाट रिफर गरेर प्रतिष्ठानमा पनि सोही दिन भर्ना गरिएको थियो ।

प्रकाशित मिति : August 22, 2020 at 1:37 pm