क्याम्पसको असहमतिकाबीच निर्माण भएको आइशोलेसन सेन्टरमा तोडफोड, लाखौँको क्षति
५ भदाै, काठमाडाैँ । संखुवासभभा जिल्लामा क्याम्पसको असहमतिकाबीच निर्माण भएको एक आइशोलेसन सेन्टरमा तोडफोड भएको छ । तोडफोडबाट लाखौँको क्षति भएको छ । संखुवासभाको जिल्ला अस्पताल मातहत रहनेगरी हिमालय किरण पब्लिक क्याम्पसमा निर्माण गरिएको आइशोलेसन सेन्टरमा बिहीबार राति तोडफोड भएको हो । तोडफोड गर्ने व्यक्तिको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।

आइसोलेसन तोडफोड हुँदा लाखौं रुपैयाँ क्षति भएको अस्पताल प्रशासनका कर्मचारी दिपेश क्षेष्ठले बताए। तोडफोडबाट शय्या, अक्सिजन कन्सनथेटर, डिभाइडरलगायतका सामग्रीमा क्षति पुगेको छ । हिमालय क्याम्पस प्रशासनले बिहीबार क्याम्पसमा निर्माण गरिएको आइसोलेसन हटाउन माग गर्दे जिल्ला प्रशासन कार्यालय घेराउ गरेको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोरोना संक्रमिण विरामीको हिमालय क्याम्पसको आइसोलेसन राखेर उपचार गर्न निर्णय गरेको थियो । जिल्ला अस्पतालले हिमालय क्याम्पसमा १० शय्याको आइसोलेसन निर्माण गरेको थियो ।
प्रकाशित मिति : August 21, 2020 at 8:48 am



