११ जेष्ठ २०८१, शुक्रबार | Sat May 25 2024

बोल गोरे बोल तिमी साँचो कुरा बोल्नै पर्छ ।
दुनियाँको सामु तिमी, रहस्य त खोल्नै पर्छ ।

३३ किलो सुन काण्ड संग-सँगै सनम हत्या
सुन तस्कर, हत्यारालाई भत्भती पोल्नै पर्छ ।

संगठित अपराध हो लामो हुन सक्छ लहरो
लुटेराको जालो अब जरै सम्म छिचोल्नै पर्छ ।

धुरी बाट कराउछ नै पाप गरे पछी एकदिन
देश लुटेरालाई त्यसै छाड्नुहुन्न पिरोल्ने पर्छ ।

DSP होस् वा SSP कानुन सबलाई बराबर
आट गर सरकार अब जोखिम त मोल्नै पर्छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार ११:०४