१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

मानव बेचबिखन अनुसन्धान ब्युरोद्धारा बालिका बेच्ने नुवाकाेटका राजु सार्वजनिक

३ भदौ, काठमाडौँ । एक बालिकालाई  प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गर्ने नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानीटार स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने राजु तामाङलाई पक्राउ गरि सार्वजनिक गरेकाे छ । मानव बेचबिखन अनुसन्धान ब्युरोकाे टोलीले ती व्यक्तिलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

साउन २९ गते पिडित  १७ वर्षीय बालिका आफन्तको साथमा गई आफू बेचबिखनमा परेकोले दोषीलाई पक्राउ गरि कारबाही गरि पाँउ भनि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रनुसा) ऐन, २०६४ अर जाहेरी दरखास्त दिएपछि आरोपित व्यक्तिलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रभु प्रसाद ढकालले जानकारी दिए।  साउन १ गते पक्राउ गरि काठमाण्डौ जिल्ला अदालतबाट निज पीडकको हकमा पहिलो पटक ७ दिनको म्याद थप समेत भएर हाल अनुसन्धान भईरहेको छ।

शुरुमा प्रलोभनमा पारेर बालिकालाई काठमाडौँको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबर्जस्ती करणी गरेको र त्यति गरेर मात्रै  नपुगेर आफ्नो साथीमार्फत ट्याक्सी चढाई चितवन हुँदै काँकडभिट्टाबाट सीमा कटाए र भारतको एक नचिनेको पुरुषलाई बालिका जिम्मा लगाएर फर्किए । भारतीय व्यक्तिले  बालिकालाई अश्लिल भिडियो देखाई मानसिक यातना दिने  र रकम तिरेर किनेको भन्दै त्रासमा राखेर चरम यातना दिएका र बेलाबेलामा शारीरिक र मानसिक यातना दिँदै रोजगारी लगाइदिने बहानामा भारतका विभिन्न ठाउँमा लग्ने गरेको पीडित बालिकाले बताएकी छिन् ।

आफुलाई बेचिएकाे महसुस भएपछि बालिका पीडकको आँखा छलेर भाग्न सफल भई अपरिचित नेपालीको सम्पर्कमा पुगेको र ती नेपालीमार्फत कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगिन् । ती नेपालीले मिति २०७६ असोज महिनामा कैलाली जिल्लाको टिकापुरमा रहेको ईलाका प्रहरी कार्यालयलाई पीडित महिलालाई बुझाएका थिए।

प्रकाशित मिति : August 20, 2020 at 10:57 am