स्याङ्जाबाट पोखरा आएका २९ मध्ये १६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण
४ भदाै, पोखरा । स्याङ्जाबाट पोखरा आएका १६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा सङ्क्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा खटिएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्जाबाट पोखरा आएर क्वारेन्टिनमा बसेका प्रहरीमध्ये २९ जनाको नमूना सङ्कलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए । पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण भएको आचार्यले बताए ।
प्रकाशित मिति : August 20, 2020 at 10:17 am



