युरोपको जस्तै महामारी फैलियो भने नेपालले थेग्न सक्दैन्ः डा. भट्टराई
३ भदौ, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ तथा उपप्राध्यापक डा. अनिल भट्टराईले कोरोनाले नेपालमा महामारीको रुप लिएमा थेग्न नसकिने बताएका हुन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा उनले ‘युरोपको जस्तै महामारी फैलियो भने नेपालले थेग्न नसक्ने बताए। पछिल्लो समय देशभर कोरोना संक्रमण फैलिएको अवस्थामा चिकित्सकहरुले स्वास्थ्य सजगता अझै बढाउन आग्रह गरेका हुन्।

भारतमा तीव्र गतिमा कोरोना फैलिरहेको छ। नेपालमा पनि त्यसको जोखिम बढेको छ’, डा. भट्टराईले भने, ‘डिसेम्बर १९ बाट फैलिएको कोरोना अगस्ट १९ मा ८ महिना हुँदा युरोप, अमेरिका ब्राजिल हुँदै भारत आइपुगेको छ त्यसैले उच्च सतर्कता अपनाउनु जरूरी छ।’ ‘स्वास्थ्यकर्मीले कस्तो सजगता अपनाइरहेका छन्। यो कुरा बुझ्न जरुरी छ’, डा. भट्टराईले भने, ‘अनिवार्य अप्रेसन गर्नुपर्ने बिरामीको अपरेशन पिपिई लगाएर मात्रै गरिरहेका छौं।’
उनले कोरोनाविरुद्ध लडिरहेका डाक्टर-नर्सहरूसँग तर्सिने नभइ सहयोग गर्न अपिल गरेका छन्। ‘डाक्टरहरु, नर्सहरुदेखि मान्छे तर्सिने र दुर्व्यवहार गर्ने गरेकाे देखिएको छ’, उनले भने, ‘यो लडाइँ डाक्टर नर्सको मात्रै होइन, डाक्टर नर्स नै डराए भने उपचार कसले गरिदिने?’ डा. भट्टराईले भने कसैलाई घृणाको भावना राख्ने र हेला गर्न नहुने पनि बताए। ‘आम जनमानसले स्वास्थ्यकर्मीलाई सहयोग गर्ने अपिलपनि गरेका छन्। रसियाले कोरोनाविरुद्धको भ्याक्सिन बनाएको छ’, उनले भने, ‘हामीले पनि हाम्रो खानपानमा ख्याल गरौं। सागसब्जी र फलफूल खाने गरौँ। कागती हालेर पानी पिउने गर्यौँ भने राम्रो हुन्छ।’
प्रकाशित मिति : August 19, 2020 at 5:15 pm



