नेकपाका सांसद यज्ञबहादुर बोगटीमा कोरोना संक्रमण पुष्टि
३ भदौ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएकाे छ । मंगलबार सांसद बोगटीमा कोरोना संक्रमण पुष्टि भएको हो। सांसद बोगटीले सोमबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए। सांसद बोगटीले आफूलाई कोरोना संक्रमण भएको बताए।

मंगलबार आएको रिपोर्ट अनुसार मलाई कोरोना पुष्टि भएको छ,’ उनले भने। सांसद बोगटीले आफू कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा भर्ना भएको र स्वास्थ्य सामान्य रहेको बताए। बोगटी तत्कालीन एमालेका तर्फबाट अछाम क्षेत्र नम्बर–२ बाट संघीय सांसदमा निर्वाचित भएका थिए।
प्रकाशित मिति : August 19, 2020 at 4:21 pm



